तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगंगा नदी पहिरोले थुनियो, सचेत रहन प्रशासनको आग्रह

अछाम । बाजुरा र अछाम जिल्ला भएर बग्ने बुढीगंगा नदी थुनिएको छ । बाजुराको गौमुल  गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।


नदी थुनिएकाले अछामको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध समेत गरेको छ ।


आज बिहान बूढीगङ्गा नदीमा पानीको बहाव ३.१० गेज रहेको र आज दिउँसो साढे १ बजे पानीको बहाव २.५८ गेज मापन भई पानीको बहाव घटेको देखिएकोले नदी थुनिएको र फुट्ने सम्भावना देखिएको प्रशासनले जनाएको छ ।


पहिरोले थुनिएको नदी फुटेर बग्नासाथ तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न गई जोखिम हुन सक्ने भन्दै बूढीगङ्गा नदी छेउ छाउका बस्तीहरूमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।


प्रशासनले उक्त विषयमा विभिन्न निकायसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको जनाएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सेनाले कुनै पनि स्थानमा समस्या देखिए तत्काल प्रशासन कार्यालय र प्रहरीमा खबर गर्न आग्रह गर्नुभएको छ ।


बुढीगंगा नदी बाजुरा हुँदै अछामको मेल्लेख, साँफेबगर, मङ्गलसेन तथा चौरपाटी गाउँपालिकाका विभिन्न वडाहरू भएर बग्ने गर्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button