तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामीण भेगका विपन्न एवं पीडितहरूलाई राहत वितरण

वीरगञ्ज । सामाजिक अभियन्ता प्रकाश प्रसाद थारु र बृजेश्वर प्रसाद चौधरीले पर्साको बिकट स्थानमा रहेका दलित तथा विपन्न एवम् पीडितहरूलाई राहत उपलब्ध गराउनमा सक्रियता देखाउनुभएको छ ।


उहाँहरूले पछिल्लो समय पर्साको जगरनाथपुर, ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा रहेका दलित तथा विपन्नहरूलाई विभिन्न दाताबाट सङ्कलन गरिएका राहत सामाग्री करिब ९० घरपरिवारलाई वितरण गर्नु भएपछि ती बस्तीहरूमा खुसीयाली छाएको छ ।


जगरनाथपुर गाउँपालिका–१ विकट टोल बिशुनपुर्वामा ३५ घरपरिवार, जिराभवनी गाउँपालिका–१ को पीपरामा १६ घरपरिवार र वडा २ सेढवा नयाँ टोलमा ३१ घरपरिवार तथा ठोरी गाउँपालिका–५ स्वर्णपुरको ८ घरपरिवार गरी जम्मा ९० घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । 


प्रति परिवार चामल २५ किलो, आलु २ किलो, दाल १ किलो, तेल १ लिटर र स्वाइबिन १ किलोको दरले बाँडिएको हो । 


अभियान्ताद्वय थारु र चौधरीले एसोसिएसन अफ नेपाल तराइन इन अमेरिका (ब्ल्त्ब् ) को सहयोगमा स्थानीय संस्था हैप्पी फाउन्डेसनको सहकार्यमा राहत उपलब्ध गराउनुभएको हो । 


राहत वितरण कार्यक्रममा स्थानीय सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button