सशस्त्र प्रहरीद्वारा गढीमाई मन्दिरको सरसफाइ

बारा । गुरु पूर्णिमाको अवसरमा बाराको सशस्त्र प्रहरीले विश्व प्रसिद्ध मन्दिर गढीमाई मन्दिरको सरसफाइ गरेको छ ।
महागढीमाई नगरपालिका–२ बरियारपुरस्थित गढीमाई मन्दिरको प्राङ्गण र परिसरका विभिन्न स्थानमा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणले सरसफाइ गरेको हो ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीत नेतृत्वको ४५ जनाको सशस्त्र प्रहरी टोली सरसफाइमा सहभागी थियो ।








प्रतिक्रिया राख्नुहोस्