थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं। चीनबाट कोरोनाविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बेइजिङबाट थप आठ लाख खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताउनुभयो ।
उहाँका अनुसार खोप ल्याएको निगमको जहाज आजै राति फेरि थप खोप लिन बेइजिङ उड्दैछ । आज बेइजिङ जाने जहाज भोलि दिउँसो २ बजे काठमाडौं फर्कने उहाँले बताउनुभयो ।
नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट उत्पादन भएको ४० लाख भेरोसेल खोप खरिद गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्