तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला–जाजरकोट जोड्ने पक्की पुल ६ वर्षपछि सञ्चालनमा

जुम्ला । जुम्ला जाजरकोट जोड्ने पक्की पुल करिब ६ वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 


तिला गाउँपालिकाको त्रिवेणी हुँदै टोप्ला जाजरकोट जोड्ने पक्की पुल सञ्चालनमा आएसँगै अहिले सवारी आवतजावतमा सहज भएको छ । २०७३ सालबाट निर्माण शुरु भएको पुल २०७५ मा निर्माण गरिसक्नुपर्ने सम्झौता भएको थियो । 


२०७७ सालमा पुन म्याद थपेर द्रुत गतिमा काम बढाएपछि पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख रूप बहादुर रावलको भनाई छ । उहाँका अनुसार विभिन्न प्राविधिक चुनौतीका बाजबुत नियमित फिल्डमा खटेर पुल निर्माण गर्न सफल भएको हो । 


हिराचन अञ्जना जेभी निर्माण कम्पनी काठमान्डौले ४ करोड १२ लाख लागतमा पुल निर्माण सम्पन्न गरेको हो । पुल सञ्चालनमा आए सँगै दुर्गम टोप्ला सर्मी, हुँदै ईमिल्छाका नागरिकलाई आवतजावतमा सहज भएको छ । 

यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले लामो सङ्घर्षका बाबजुद पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताए । 


योसँगै सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३–७४ देखि निर्माण थालिएका १२ वटा पक्की पुलहरू गत आवमा सम्पन्न भएको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button