तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप ७४ जनामा संक्रमण पुष्टि, तीन जनाको मृत्यु

file photo

मकवानपुर । मकवानपुरमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


पछिल्लो २४ घण्टामा १७१ जना एन्टिजेन र पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८ जनामा र १०५ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणबाट ५६ जनामा गरी थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या १२ हजार १४७ पुगेको छ । 


त्यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेसनमा उपचाररत ५५ जना र संस्थागत आइसोलेसनबाट १० जना गरी ६५ जना सङ्क्रमणमुक्त भएका छन् । 


योसँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ११ हजार ३६८ पुगेको तथा जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४३ रहेको कार्यालयले जनाएको छ । 


यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button