नेप्से परिसूचक करिब १०० अङ्कले बढ्यो
काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेपाली शेयर बजारको नेप्से परिसूचक करिब १०० अङ्कले बढेको छ । यस दिन बजारको कारोबार रुकममा पनि उल्लेख्य रुपमा वृद्धि भएर साढे ११ अर्ब नाघेको छ ।
यस दिन नेप्से परिसूचक ९७.२१ अङ्कले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ ।
यस दिन २२१ कम्पनीहरूका १ लाख १६ हजार २९४ पटकको कारोबारहरूमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बराबरका २ करोड ८८ लाख ६३ हजार कित्ता शेयरहरू किनबेच भएका छन् । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेका कारण लगानीकर्ताहरू उत्साहित भएका छन् ।
बढेको बजारमा यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन मूल्य घट्ने शीर्ष १० कम्पनीहरूको सूचीमा अधिकांश ऋणपत्र रहेका छन् । आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेका छन् ।








प्रतिक्रिया राख्नुहोस्