तपाईँ सुन्दै हुनुहुन्छः

देशभर २ हजार १ सय ६४ जना संक्रमणमुक्त

file photo

काठमाडौँ । आज देशभर कोरोना भाइरसको सङ्क्रमणबाट २ हजार १ सय ६४ जना निको भएका छन् । 


नेपालमा हालसम्म ६ लाख ३० हजार ४ सय ७ संक्रमित निको भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ । 


तथ्याङ्क अनुसार ९४  दशमलव ७ प्रतिशत संक्रमित निको भएका हुन् । 


आज १ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ६६ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ७५  जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


सङ्क्रमणका कारण आज थप २१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button