शनिवारदेखि मनसुन सक्रिय हुने

काठमाडौँ । भोलिदेखि सोमबारसम्म मनसुन पुनः सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्पयुक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्