तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी तथा गर्भवती महिलाहरूलाई कुखुराको भाले वितरण

सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा सुत्केरी तथा गर्भवती महिलाहरूलाई कुखुराको भाले वितरण गरिएको छ । रुपनी गाउँपालिकाले वडा नम्बर ६ का २५ जना महिलाहरूलाई कुखुराको भाले वितरण गरेको हो ।

मङ्गलवार वडा नम्बर ६ स्थित वीरेन्द्र बजारमा आयोजित एक कार्यक्रमका बिच महिलाहरूलाई प्रति व्यक्ति तीन वटाको दरले कुखुराको भाले वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सुत्केरी तथा गर्भवती महिलालाई पौष्टिक आहारको कमी हुन नदिने उद्देश्यले कुखुराको भाले वितरण गरिएको महिला स्वास्थ्य स्वयंसेविका गीता थापाले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button