जनकपुर–ढल्केवर सडक किनारमा वृक्षारोपण अभियानको सुरुआत

जनकपुरधाम । प्रदेश हरित अभियान अन्तर्गत जनकपुर–ढल्केवर ६ लेन सडकको किनारमा आजदेखि विभिन्न जातको वृक्षारोपण गर्ने अभियानको सुरुआत भएको छ ।
डिभिजन वन कार्यालय धनुषाले सो सडक खण्डको सपहीदेखि महेन्द्रनगरसम्म सडकको दाँयावाँया गरेर ६ किलोमिटरमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।
सडकको सौन्दर्य बढाउने जातको रामबृक्ष, कतकी, कपुर, पारिजात, गोल्ड मोहर, पेल्टो फर्म सहितको जातहरूको वृक्षारोपण गर्ने कार्यक्रम सुरु भएको डिभिजन वन कार्यालयका प्रमुख सुनिल कुमार कर्णले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्