तपाईँ सुन्दै हुनुहुन्छः

पर्यावरण जोगाउन युवाहरू सक्रिय

बारा । रुख बिरुवा मासिँदै जाँदा पर्यावरणमा गम्भीर असर पर्न थालेको भन्दै बारा जीतपुरसिमराका युवाहरू पर्यावरण जोगाउन सक्रिय भएका छन् ।


उनीहरूले यस क्षेत्रमा रहेका खाली जमिनमा वृक्षारोपण र बिरुवा संरक्षण गर्ने अभियान सुरु गरेका छन् । विशेष गरी जितपुरसिमरा वडा नं १४ स्थित इन्द्रेणी युवा क्लब, हाम्रो युवा समाज लगायत संस्थामा आबद्ध युवाहरूले पर्यावरण संरक्षणमा चासो देखाएका हुन् । 


उनीहरूले सशस्त्र प्रहरीसँगको सहकार्यमा दुधौरा नदी आसपासमा वृक्षारोपण गरेका छन् । नदी कटान र पर्यावरणीय क्षति कम गर्न वृक्षारोपण गरिएको इन्द्रेणी युवा क्लबका सचिव सरोज खनालले जानकारी दिनुभयो । 


पहिलो चरणमा मसला, सिरिस, अमला, अशोक, रक्त चन्दन लगायत प्रजातिका एक हजार बिरुवा रोपिएको र तिनको संरक्षणसँगै अन्य स्थानमा पनि वृक्षारोपणलाई निरन्तरता दिइने खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button