तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ

सल्यान । बालिका बलात्कार गरेको आरोपमा सल्यानका एक वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ । 


१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका – ५ का वडा सचिव अमर कालाथोकीलाई पक्राउ गरेको हो । 


सचिवले १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको भए पनि बालिकाले २४ गते मात्र परिवारलाई जानकारी गराएको र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button