निर्माणाधीन घरको भर्याङबाट खस्दा एकको मृत्यु

भक्तपुर । भक्तपुरको लोकन्थलीमा निर्माणाधीन घरको तेस्रो तलाको भर्याङबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ रमाइलो चोकस्थित घरको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए अनुसार स्थानीय राजु श्रेष्ठको निर्माणाधीन घरमा काम गर्न र रेखदेख गर्न बसेकी सिन्धुली दुधौलीकी ३० वर्षीया लीला सदाको मृत्यु भएको हो ।
घरमा काम गर्न श्रीमान् रामकुमार सदा, श्रीमती लिला सदा र छोरी बस्दै आएका थिए । शनिबार बेलुकी खाना खाएर लीला छतमा सुत्न भनेर गएकी प्रहरीको भनाई छ ।
त्यही क्रममा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्याङबाट अचानक भुइँतलामा खसेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
उनको घटनास्थलमै मृत्यु भएको र शवको पोष्टमार्टमका लागि आइतबार केएमसी अस्पताल, दुवाकोट भक्तपुर पठाइएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्