तपाईँ सुन्दै हुनुहुन्छः

गाजासहित तेस्रो पटक एक युवक पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष प्रहरी टोलीले लागू औषध मुद्दामा अदालतबाट २ पटक सजाय पाएका एक युवकलाई गाजासहित पुनः पक्राउ गरी सार्वजनिक गरेको छ ।


पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं २१ कुर्था घर भएका वर्ष ३६ का सन्तोष महासेठ रहेको धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।  


अभियुक्त महासेठले आफ्नै घरमा गाँजा लुकाएर राखेको विशेष सूचनाको आधारमा शुक्रवार राति घरबाटै प्रहरीले पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । २४ किलो २ सय ८० ग्राम गाजासहित पक्राउ परेका महासेटमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

महासेठ यसअघि २०७४ साल साउन १५ गते १ किलो गाजासहित पक्राउ परेका थिए । उनी जिल्ला अदालतको २०७४ साल भदौ २५ गतेको आदेशमा एक महिना जेल बसेर रिहा भएका थिए ।


त्यसपछि २०७५ साल साउन १३ गते ७० ग्राम गाजासहित पक्राउ परेका थिए । प्रहरीले लागू औषध मुद्दा दर्ता गरेपछि उनी २०७५ भदौ ११ गते जिल्ला अदालतको आदेशमा १५ हजार धरौटी दिएर रिहा भएको प्रहरीको अभिलेखमा रहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button