तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी मार्गमा पर्ने कमला पुल भासियो

लहान । झण्डै दस बर्ष अघि निर्माण भएको हुलाकी सडक अन्तर्गत पर्ने सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीको पुल भासिएको छ ।

बाढीका कारण बिहीबार सिरहा जिल्ला तर्फको एउटा पिलर भासिएको हो ।  उद्घाटनको मिति नजिकिँदै गर्दा उक्त पुल भासिएको हो ।  आयोजनाले पुल साउनमा  सञ्चालनमा ल्याउने तयारी गरिरहेको थियो । 

ठेक्का कम्पनीद्वारा  निर्माणमा ढिलासुस्ती गरेको, कमिसनको खेल र   गुणस्तरहीन कमसल सामान प्रयोग गरेको कारण पुल भासिएको हुनसक्ने स्थानीयले जनाए  । पुल भासिएपछि निर्माण कम्पनीमाथि छानबिन गर्नुपर्ने स्थानीय राजाराम यादवको  भनाइ छ । पुल निर्माणको काम गर्न लुम्बिनी बिल्डर्सले  ठेक्का लिएको बुझिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button