लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थाल्यो

रुपन्देही । लकडाउन खुकुलो भएसँगै रुपन्देहीमा कोरोना संक्रमण बढ्न थालेको छ । एक सातायता सङ्क्रमणको दोस्रो लहर केही कम भइरहेको समयमा संक्रमण फेरि बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३६ जना संक्रमित फेला परेका छन् । गत बिहीबार पाँच जनामा संक्रमण देखिएकोमा त्यसको चार दिनपछि सात गुणा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा दुई सय ३ जनालाई परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । कार्यालयका अनुसार उक्त अवधिमा पाँच जना सङ्क्रमितको ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा पाँच जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
लक्षणसहित परिक्षण गराउन आउनेहरूको सङ्ख्या बढेकाले सङ्क्रमितको सङ्ख्या बढ्न गएको स्वास्थ्य कार्यालयले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्