तपाईँ सुन्दै हुनुहुन्छः

दुई वटा टर्वाइनबाट १५२ मेगावाट विद्युत् उत्पादन गर्ने गरी तयारी

file photo

काठमाडौँ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दुई वटा टरवाइनबाट १५२ मेगावाट विद्युत् उत्पादन गर्ने गरी तयारी भइरहेको जनाएको छ ।


असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको र दोस्रो युनिटको परीक्षणको काम सम्पन्न भएपछि राष्ट्रिय प्रणालीमा बिजुली जोड्ने कार्य गरिने बताउनुभयो ।


कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माण शुरु भएको झन्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो ।


आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको आयोजनाले जनाएको छ । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिप्तीमा रहेको सबस्टेशनमा जोड्न लागिएको छ । 


माथिल्लो तामाकोशीको सुरुङमा पानी हालेर हाल पनि परीक्षण लगायतका काम भइरहेको छ । 

शुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, काममा ढिलाइ, ब्याज लगायतका कारण आयोजनाको लागत बढेर झन्डै ८० अर्बको हाराहारी पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button