तपाईँ सुन्दै हुनुहुन्छः

शारदा नगरपालिकाद्वारा ५६ करोड ६१ लाख २३ हजारको बजेट सार्वजनिक

सल्यान । शारदा नगरपालिका सल्यानले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गरेको छ ।

नवौँ नगर सभामा शनिवार उपप्रमुख सावित्रा बस्नेत घर्तीले ५६ करोड ६१ लाख २३ हजारको बजेट सार्वजनिक गर्नुभएको हो ।

उहाँले स्वास्थ्य, कृषि, रोजगार तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले पुँजीगततर्फ १६ करोड ३५ लाख र चालु तर्फ ४० करोड २६ लाख २३ हजार खर्च हुने अनुमान रहेको बताउनुभयो ।

आन्तरिक स्रोत ६ करोड २७ लाख १४ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० लाख ८३ हजार ६ सय ६०, प्रधानमन्त्री रोजगार र युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजनाबाट १ करोड ४० लाख ७७ हजार, प्रदेश वित्तीय समानिकरण अनुदानबाट १ करोड ३३ लाख ३९ हजार, सङ्घीय सशर्त अनुदान २५ करोड ६८ लाख २३ हजार, सङ्घीय राजस्व बाँडफाँडबाट ९ करोड ३४ लाख ८६ हजार र सङ्घीय वित्तीय समानिकरणबाट १२ करोड ३६ लाख पूर्ति गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट विनियोजन गर्दा नीति तथा कार्यक्रममा व्यवस्था भए बमोजिम आर्थिक, सामाजिक, भौतिक, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह सुशासन समेतका विषयगत क्षेत्रका कार्यक्रम समेटेर प्रस्तुत गरेको उपप्रमुख बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button