कुल वस्तु निर्यात ३२.२ प्रतिशतले बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमवार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा निर्यात ४.५ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्षको यस अवधिमा निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ सय ८ अर्ब ४८ करोड पुगेको उल्लेख गरिएको छ ।
भारत तथा अन्य मुलुकतर्फको निर्यातमा वृद्धि भएको छ भने चीन तर्फको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ ।
पछिल्लो १० महिनाको अवधिमा कुल वस्तु आयातमा भने २२.३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा वस्तु व्यापार घाटा भने २१.५ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १४.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार १० महिनाको अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई ८ खर्व ९ अर्ब ८९ करोड पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्