तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोभिड संक्रमित दाङका दुई र बर्दियाका एक जनाको मृत्यु

 बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप तीन जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार उपचारका क्रममा लमही नगरपालिका–५ दाङका ६५ वर्षीय पुरुष, राजापुर गाउँपालिका– ५ दाङका ५३ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–७ बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२७ जना र जिल्लाकै ३०५ जनाको मृत्यु भइसकेको छ । अहिले बाँकेमा कोभिड सङ्क्रमणसँगै मृत्यु दरमा भने कमी आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button