तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पतालमा ५ जना कोरोना सङ्क्रमितको मृत्यु

मकवानपुर । पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा उपचाररत थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत मकवानपुरका ती नजना र बाहिरी जिल्लाका दुई जना गरी ५ जनाको मृत्यु भएको हो । जसमा ३ पुरुष र २ महिला रहेका छन् ।
हेटौँडा अस्पतालको कोभिड वार्डका प्रमुख डा. सागर काफ्लेका अनुसार शुक्रवार थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका–४ का ६६ वर्षीय पुरुष र हेटौँडा–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै शनिबार बिहान हेटौँडा–५ की ७२ वर्षीया महिला र बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ की ४२ वर्षीया महिलाको मृत्यु भएको डा. काफ्लेले जानकारी दिनुभएको छ ।
हेटौँडा अस्पतालमा हालसम्म कोरोना संक्रमित ७३ जनाको मृत्यु भइसकेको छ । अहिले हेटौँडा अस्पतालमा ४५ जना उपचाररत छन् ।
मकवानपुरमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्यामा निरन्तर वृद्धि हुँदै गएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२८ संक्रमित थपिदा २१० जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button