नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता

भोजपुर । दुधकोशी नदीमा नुहाउने क्रममा प्रहरी हवलदार डुबेर बेपत्ता भएका छन् । सप्तरीको फत्तेपुर रुपनी घर भएका रोशनकुमार श्रेष्ठ नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
श्रेष्ठ आमचोक गाउँपालिका वडा नम्बर १० दुम्मानाको रानिटार नाकाको हेल्थ डेस्कमा सुरक्षार्थ खटिएका थिए । सोमबार दिउँसो गर्मी भएपछि दुधकोशी नदीमा नुहाउन गएका श्रेष्ठ एक्कासि नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
श्रेष्ठ सहित २ जना प्रहरी र स्वास्थ्यकर्मी उक्त हेल्थ डेस्कमा रहेका थिए । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्