तपाईँ सुन्दै हुनुहुन्छः

गोपाल धर्मशालामा ३५ बेडको आइसोलेसन सेन्टर निर्माण

जनकपुरधाम । धनुषा जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले गोपाल धर्मशालामा आइसोलेसन सेन्टरको निर्माण गरेको छ ।
धर्मशालामा ३५ बेडको आइसोलेसन बेड आजदेखि सञ्चालनमा ल्याइएको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
कोरोनाको पहिलो लहरमा पनि गोपाल धर्मशालामा उपमहानगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button