तपाईँ सुन्दै हुनुहुन्छः

करदाता सेवा कार्यालय लम्कीद्वारा राजश्व सङ्कलनमा वृद्धि

लम्की । करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ । गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आवको यस अवधिमा  ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको हो । आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि र कोरोना सङ्क्रमणका कारण गत वर्ष सङ्कलन नभएको कर यस वर्ष सङ्कलन भएका कारण प्रगति देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button