तपाईँ सुन्दै हुनुहुन्छः

कोभिडका बिरामीहरूलाई मात्र ओसारपसार गर्न एम्बुलेन्स ल्याउने

बारा । जीतपुसिमरा नगर उद्योग वाणिज्य सङ्घले कोभिडका बिरामीहरूलाई मात्र ओसारपसार गर्नको लागि नगरमा सुबिधा सम्पन्न एम्बुलेन्स ल्याउने तयारी गरेको छ ।
नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय कुमार साहले पत्रकार सम्मेलनको आयोजना गरी केही दिनमै कोभिडका बिरामी मात्र बोक्ने एम्बुलेन्स ल्याउने तयारीमा आफुहरु लागेको जानकारी दिनुभयो ।
उहाँले नगर उद्योग वाणिज्य सङ्घको मातहतमा रहेको दुई वटा बिग्रिएका एम्बुलेन्स मध्ये एउटा मर्मत भइसकेको अर्को दश दिन भित्र मर्मत हुने अवस्थामा रहेको जानकारी दिनुभयो । छिमेकी जिल्ला पर्सा लगायत देशका अरू केही जिल्लाहरूमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि भएर लकडाउनमा गइसकेको अवस्थामा पनि जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो नगरलाई कोरोना भाइरसबाट जोगाउने विषयमा  गम्भीर नहुनु दुखद विषय भएको बताउँनुभयो ।
नगर उद्योग वाणिज्य सङ्घले यस क्षेत्रमा अक्सिजन अभाव हुन नदिन त्यसतर्फ पनि ध्यान केन्द्रित गरेको बताउँनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button