तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न आग्रह

file photo

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत रूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गर्नुभएको हो ।

“कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरू थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पु¥याउन समस्या भइरहेको अवस्था छ”, पत्रमा भनिएको छ, “त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरू जिल्लाभित्र एकीकृत रूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२नम्बरको व्यवस्था  गरिदिन अनुरोध छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button