तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुवाहक बस दुर्घटना हुँदा ७ यात्री घाइते

धनकुटा । कोशी राजमार्ग अन्तरगत धनकुटा नगरपालिका वडा नं ९  रुद्रवारीमा आज दिउँसो दुई वटा यात्रुवाहक बस  एक आपसमा ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।
धनकुटाबाट धरान तर्फ जाँदै गरेको १ ख ४६१० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को १ अ ७७७८ नम्बरको बस दिउँसो २ बजे आपसमा ठोक्किएका हुन । दुर्घटनामा ७ जना  घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभएको छ । घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।  उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button