राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आयोगद्वारा १ करोड ६१ लाख बजेट माग

काठमाडौँ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८ तयार पारेको छ ।
सो कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि जम्मा १ करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार समेत गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यसैगरी आयोगले न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्