तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो अश्वेत महिला निर्देशक क्लोइ झाओ अस्कर पुरस्कार प्राप्त गर्न सफल

यो वर्षको चलचित्र क्षेत्रका सर्वाधिक चर्चित तथा सम्मानित एकेडेमी अवार्ड (अस्कर) मा पुरस्कृत भइ इतिहास बनाउन निर्देशक क्लोइ झाओ सफल हुनुभएको छ ।

झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा आधारित नोम्याडल्याण्ड सर्बोत्कृष्ट चलचित्र घोषित भएको छ । त्यसैगरी चलचित्र द फादरका अभिनेता–सर एन्थोनी हकिन्सले सर्वोत्कृष्ट अभिनेताको उपाधि चुम्न सफल हुनुभएको छ ।

पुरस्कृत चलचित्र नोम्याडल्याण्डकै अभिनेतृ फ्रयान्सिस म्याकडोम्र्यानलाई र सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार र मिनारीकि अभिनेतृ यू–जोङ्ग योनलाई प्राप्त भएको छ ।

त्यसैगरी सर्वोत्कृष्ट सहअभिनेताका लागि जुडास एण्ड द ब्ल्याक मसायाका सहअभिनेता र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र पुरस्कारका लागि डेनमार्कको अनादर राउण्ड नामक चलचित्रलाई छानिएको छ ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button