तपाईँ सुन्दै हुनुहुन्छः

बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख सहयोग गर्ने

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख सहयोग गर्ने भएको छ ।

नगरपालिकामा बसेको बैठकले कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारका लागि अस्पताललाई उक्त रकम सहयोग गरिने निर्णय गरिएको नगर प्रमुख अशोक चन्दले बताउनुभयो ।

पछिल्लो समय कोरोनाको दोस्रो लहरले जिल्लामा पनि विस्तारै फैलिँदै गएको अवस्थामा कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारका लागि महाकाली अस्पतालमा अक्सिजन ग्यासको व्यवस्थापन, आई.सि.यु,भेन्टिलेटर , पिसिआर ल्याब संचालन र बिरामी उपचारका लागि आवस्यक पर्ने औषधी र स्वास्थ सामाग्री व्यवस्थापन गर्न बेदकोट नगरपालिकाको कोभिड १९ कोरोना कोषबाट रु दस लाख महाकाली अस्पताललाई आर्थिक सहयोग अनुदान दिने निर्णय गरेको नगर प्रमुख चन्दले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button