तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए 

विराटनगर । प्रदेश १ मा आज २०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११४, झापामा ३७, सुनसरीमा ३३, ताप्लेजुङमा २, सङ्खुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरी ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २–२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १–१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४–४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १–१, सङ्खुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ६४६ पुगेको छ । सङ्क्रमितमध्ये  २९ हजार ९५९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २०५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button