तपाईँ सुन्दै हुनुहुन्छः

अक्सिजन सहितको ५० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा

बाँके । बाँकेको खजुरा गाउँपालिकाले अक्सिजन सहितको ५० बेड आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

‘अक्सिजनसहितको ५० बेडको व्यवस्थापन गरी सञ्चालनमा ल्याएका छौँ’ खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले भन्नुभयो –‘शुरुमा ४० बेड जनक शिक्षामा र वडा नम्बर–१ मा १० बेड सञ्चालनमा ल्याउने र त्यसलाई आवश्यकता अनुसार बढाएर लैजाने लक्ष्य रहेको छ ।’

खजुरामा–४ मा रहेको जनक शिक्षा सामाग्रीको भवनमा निर्माण गरिएको आइसोलेसन सेन्टरको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रहरी प्रमुख ओम राना लगायतले अवलोकन गर्नुभएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button