गड्डाचौकी भएर भारत जान रोक

कञ्चनपुर।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका भएर भारत जानमा रोक लगाएको छ ।
भारतीय सीमावर्ती बजारहरूमा गएर घरायसी सामान खरिद गरेर फर्कनेहरूका कारण समुदाय स्तरमा कोरोना जोखिम बडी देखिएपछि स्थानीय प्रशासनले आजवाट भारत जानमा पूर्ण रोक लगाएको हो । तर भारत वाट नेपाल आउनेहरूमा भने स्वास्थ्य परिक्षण गरेर नेपाल फर्कन दिइएको छ ।
त्यसै गरी स्थानीय प्रशासनले मास्क अनिवार्य गरेको छ । मास्क नलगाई बाटोमा हिँडेको भेटिए रु.५० जरिवाना लिने निर्णय गरेको छ । सभा सम्मेलन,भिडभाड लगायतका गतिविधिमा भने पूर्ण रुपमा रोक लगाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्