थप ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । कोरोना भाइरसबाट आज थप ६ सय ३ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका २ सय ५४ जनासहित देशभर गरी थप ६ सय ३ जना संक्रमित थपिएको जानकारी दिनुभयो ।
आज काठमाडौँमा १ सय ७३ जना ललितपुरमा ६१ जना र भक्तपुरमा २ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।
आज ४ हजार २ सय ८९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ५ सय ८० जना तथा ४ सय ५० वटा नमुनाको एन्टिजिन परीक्षण गर्दा २३ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप १ सय २९ जना संक्रमण मुक्त भएका छन् भने आज सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ दशमलव ५ प्रतिशत रहेको छ ।
यसैगरी आज थप ३ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ३ हजार ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्