धनगढी ह्याफ म्याराथनकाे उपाधी जुम्लाका दुर्गाबहादुुर बुढालाइ
धनगढी । साताै संस्करणकाे धनगढी ह्याफ म्याराथनकाे उपाधी जुम्लाका दुर्गाबहादुुर बुढाले जित्नु भएकाे छ । निर्धारित २१ दशमलव १ किलाेमिटरकाे दुरी १ घण्टा ६ मिनेट ८ दशमलव १८ सेकेण्डमा पुरा गर्दै बुढाले उपाधी हात पार्नु भयाे ।
याेसगै उहाले नगद ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नुभएकाे छ । यसैगरी निर्धारित दुरी १ घण्टा ९ मिनेट ८ दशमलव ५३ सेकेण्डमा पुरा गर्दै बैतडीका नरेन्द्र रावत दाेस्राे र १ घण्टा १२ मिनेट ४ दशमलव २७ सेकेण्डमा दुरी पार गर्दै सशस्त्र प्रहरीका सन्ताेष बिष्ट तेस्राे हुनु भएकाे छ । दुवै जनाले क्रमश ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रूपैया प्राप्त गर्नुभएकाेे अायाेजकले जनाएकाे छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एक कार्यक्रमका बिच विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएकाे थियाे । धनगढी जेसिसले नयाँ बर्षकाे पूर्व सन्ध्यामा बर्षेनी अव धनगढी दाैडिन्छ भन्ने नाराका साथ धनगढी ह्याफ म्याराथुन अायाेजना गर्दै अाएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्