तपाईँ सुन्दै हुनुहुन्छः

दन्त शिविरबाट स्थानीयबासी लाभान्वित

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्यचौकीमा नेपाल भूतपूर्व सैनिक सङ्घ काभ्रेपलाञ्चोकले ‘दन्त शिविर’ आयोजना गरेपछि त्यहाँका बान्सिदाले गाउँमा नै सेवा पाएका छन् ।

लायन्स क्लब अफ काठमाडौँ कञ्चनजङ्घा र समाज डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा आजबाट दुई दिनका लागि सो शिविर आयोजना गरिएको हो ।

नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले कार्यक्रमको उद्घाटन गर्दै भूतपूर्व सैनिकलाई गाउँमा रहनुभएका बासिन्दाको सेवाको लागि आयोजना गरिएको कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति मधुप्रसाद आचार्यले दाँतको समस्या झेलिरहेका गाउँलेका लागि सञ्चालित शिविर निकै उपयोगी रहेको उल्लेख गर्नुभयो ।

समस्या भएको दाँत निकाल्ने, भर्ने, सफा गर्नेलगायतका सेवा दिइरहेको शिविरमा सेवा लिनेलाई दाँत माझ्ने मञ्जनसमेत वितरण गरिरहेको आयोजक संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालले बताउनुभयो ।

शिविरमा पहिलो दिन आज ११० जनाले सेवा लिएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button