तपाईँ सुन्दै हुनुहुन्छः

बामरुक सामुदायिक बनमा  आगलागी

रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर १ मा पर्ने बामरुक सामुदायिक बन क्षेत्रमा हिजो बिहान ९ बजे आसपास बाट लागेको आगो अझैसम्म पनि नियन्त्रण मा आउन सकेको छैन ।
खर घाँस, सल्लाको कुसुम स्याउला, सल्लेरी बन भएकोले जमिन भिरालो हुँदा आगो नियन्त्रण मा आउन सकेको छैन ।
जिल्लाको विभिन्न सामुदायिक बन क्षेत्र आगलागीका कारण नष्ट भएको छ । गत वर्षको तुलनामा यो बर्ष अत्याधिक मात्रामा आगो लागेको हो ।
यस वर्ष पानी नपरेकोले सुख्खा मौसम भएको हुँदा अझै धेरै बन क्षेत्रमा आगलागी हुन सक्ने सम्भावना रहेको छ भने जिल्लाको के कति बन क्षेत्र आगलागी हुँदा नष्ट भएको छ भनेर डाटा सङ्कलन कार्य भइरहेको डिभिजन बन कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button