सल्यानका चार पालिकामा जनगणना कार्यालय स्थापना गरिने

सल्यान । राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर सल्यानका चार पालिकामा जनगणना कार्यालय स्थापना गरिने भएको छ । आगामी वैशाख १ गतेदेखि ४ गतेसम्म जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका र कपुरकोट गाउँपालिकामा जनगणना कार्यालय स्थापना गरिने भएको हो ।
कार्यालयका अनुसार शारदा नगरपालिकामा स्थापना भएको कार्यालयले कालीमाटी गाउँपालिका, बागचौर नगरपालिकामा स्थापना भएको कार्यालयले दार्मा गाउँपालिका र सिद्धकुमाख गाउँपालिका हेर्नेछ । यस्तै वनगाड कुपिण्डे नगरपालिकामा स्थापना गरिएको कार्यालयले कुमाख गाउँपालिका हेर्ने र कपुरकोट गाउँपालिकाले छत्रेश्वरी र त्रिवेणी हेर्ने गरी कार्यालय स्थापना गरिने जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी केशर बहादुर वलीले जानकारी दिए ।
राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक ८६ र गणक ३०१ गरी ३८७ जनशक्ति परिचालन गरिने वलीले बताए । जनगणना कार्यालयले बिहीबार आयोजना गरेको सचेतना गोष्ठीमा वलीले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्