१ सय ५२ जना सङ्क्रमित थपिए, ६५ जना सङ्क्रमणमुक्त

काठमाडौँ । आज देशभर १ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
४ हजार २ सय १३ वटा नमुनाको परीक्षण गर्दा १ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ ।
यस्तै आज ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ ।
हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९८ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३१ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्