तपाईँ सुन्दै हुनुहुन्छः

भोलि राष्ट्रव्यापी खुल्ला आधुनिक सङ्गीत प्रतियोगिता, रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ । रेडियो नेपालको ७१ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा रेडियो नेपालले राष्ट्रव्यापी खुल्ला आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

रेडियो नेपालको सिंहदरबारस्थित परिसरमा आयोजना हुने सो आधुनिक सङ्गीत प्रतियोगिताको रेडियो नेपालले भोलि बिहान ११ बजेको समाचारपछि प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतीय हुने तथा उत्कृष्ट रचना र सङ्गीतलाई रेडियो नेपालको ७१ औँ वार्षिकोत्सवको अवसरमा चैत्र २० गते आयोजना हुने विशेष कार्यक्रमकाबीच नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button