षडानन्द नगरपालिकाले जित्यो खुला पुरुष भलिवलको उपाधी

भोजपुर। भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत भएको खुला पुरुष भलिवलको उपाधी षडानन्द नगरपालिकाले हात पारेको छ ।
अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी षडानन्द नगरपालिकाले जितेको हो । षडानन्द नगरपालिकाले संखुवासभाको सभापोखरी गाउँपालिकालाई हराउँदै उपाधी हात पार्न सफल भएको छ । विजेता षडानन्द नगरपालिकाले नगद १ लाख सहित पाँच वर्षे चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उपविजेता सभापोखरी गाउँपालिकाले नगद ७५ हजार पाएको छ । सेमिफाइनलमा प्रवेश गर्ने साल्पासिलिछों र रामप्रसाद राई गाउँपालिकाले नगद ३०/३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा भोजपुर र संखुवासभाका विभिन्न ७ वटा टीमले सहभागिता जनाएको थिए ।
प्रतियोगिता अन्तर्गतको वडा स्तरीय महिला भलिबलको विजेता वडा नम्वर ५ बनेको छ । बिजेताले ४० हजार नगद सहित चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नम्वर ३ ले नगद ३० हजार प्राप्त गरेको छ । सेमिफाइनलमा प्रवेश गरेका वडा नम्वर १ र ४ ले नगद २०/२० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा अन्तर्गत संचालन भएको खुला पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिताको उपाधि भोजपुरका दावा शेर्पा र विशाल तामाङ्गगको जोडीले जितेको छ । भोजपुरका प्रविन वस्नेत र सुवास तामाङ्गको जोडीलाई पराजित गर्दै उनीहरु बिजयी बनेका हुन । सो प्रतियोगितामा २४ टीमले सहभागिता जनाएका थिए ।
साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत अन्तरपालिका स्तरीय पुरुष भलिबल, अन्तरपालिका स्तरीय पुरुष डबल व्याडमिन्टन, साल्पासिलिछो गाउँपालिका अन्तर्गत अन्तर वडा स्तरीय महिला भलिबल आयोजना गरिएको थियो । आयोजक साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले अनुरुप प्रतियोगिता संचालन गरिएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्