तपाईँ सुन्दै हुनुहुन्छः

तीन वटा गोलीसहित तीन जना पक्राउ 

चितवन । बन्दुकमा लाग्ने तीन वटा गोलीसहित भरतपुरबाट तीन जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भोजाडचोक प्रहरीको चेकजाँच गर्नेक्रममा मोटरसाइकलमा होली खेल्दै आएका तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रत्ननगरनगरपालिका वडा नम्बर १२ बस्ने निर्मल बुढामगर, सोही वडाका सुलभ तामाङ, र वडा नम्बर १६ का ईशान लम्साल रहेका छन् ।

होलीमा हुने सुरक्षा जोखिमलाई लक्षित गरी खटिएको प्रहरीले शङ्काको आधारमा खानतलासी गर्दा मोटरसाइकल चालकको झोलाबाट तीन वटा गोली फेला पारिएको प्रहरीले जनाएको छ ।

एउटै मोटरसाइकलमा आएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button