वीरगंजमा चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ
वीरगंज । प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरबाट आज बिहान चोरीको मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाच गर्ने क्रममा कागजपत्र देखाउन नसकेका तीनै जनालाई अनटेष्ट मोटरसाइकल सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी २१ वर्षीय दिपक महतो, १८ वर्षीय रवीन्द्र महतो र पोखरिया नगरपालिका वडा नम्बर १ निवासी सुरेश प्रसाद रौनियार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्