प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

काठमाडौँ।प्रतिनिधिसभाको आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन पेश गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदन समक्ष उक्त दुई प्रतिवेदन पेश गर्नुभएको हो ।बैठकमा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्तहित समितिका सभापति विमलप्रसाद श्रीवास्तले समितिको बार्षिक प्रतिवेदन २०७७ पेश गर्नुभयो ।
प्रतिनिधिसभाको अर्काे वैठक यही चैत १८ गते बुधवार दिउसो १ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्