वीरगञ्ज युनाईटेडको विजयी सुरुवात
वीरगञ्ज । वीरगञ्ज युनाईटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा सानेपा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै वीरगन्जले विजयी सुरुवात गरेको हो ।
एन्फा मैदान सातदोबाटोमा वीरगन्जलाई जित दिलाउन विवेक चौधरी, सञ्जय चौधरी र आशालाल कुँवरले एक एक गोल गरे । सानेपाका उज्ज्वल लामा र करण तामाङले एक एक गोल फर्काए ।
जितसँगै वीरगन्जले पहिलो खेलमा ३ अङ्क जोडेको छ । सानेपाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्