तपाईँ सुन्दै हुनुहुन्छः

बेदकोट नगरपालिका ५ का वडा अध्यक्षमाथि आक्रमण

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ५ वडा अध्यक्ष गणेक विक (कुशल) माथि ढुङ्गा प्रहार गरी आक्रमण गरिएको छ ।
उहाँको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
मदिरा सेवन गरेका स्थानीय राजेन्द्र बोहरा (राजी) र धनराज बोहरालगायतले सामान्य विवादमा अध्यक्ष बिक माथि ढुङ्गा प्रहार गरी आक्रमण गरेका प्रहरीले जनाएको छ ।
वडा कार्यालयमा सामान्य विवाद मिलाउने क्रममा उनीहरूले प्रहरीको सामु अध्यक्षमाथि आक्रमण गरेका हुन ।
बेदकोट नगरपालिकाका प्रवक्ता नरेश बहादुर सिंहले अध्यक्ष विकमाथि पूर्वाग्रह राखेर आक्रमण गरिएको बताउनु भएको छ  ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले घट्नाबारे अनुसन्धान थालिएको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button