रथले ठक्कर दिदाँ एक बालिकाको मृत्यु

बर्दिवास। महोत्तरीमा विवाहको रथले ठक्कर दिदाँ एक बालिकाको मृत्यु भएको छ । जिल्लाको औरही नगरपालका–५ श्रीपुरमा आमासँगै मावली गौशाला नगरपालिका फुल्काहा निवासी कमलेश यादवकी दुधे छोरी प्रियंका कुमारीलाई रथले किचेको हो ।
सोमबार साँझ सवा ७ बजे रोकिराखेको बीआर १ एपी ३०९१ नम्बरको रथ अचानक गुडेर बालिकालाई किच्दा घटनास्थलमै मृत्यर भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी नायव उपरिक्षक प्रकाश रेग्मीले बताउनुभयो ।
शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको र रथ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्