तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला भलिबलमा न्यु डाइमण्डको पहिलो जित

नेपालगन्ज । नेपालगन्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा न्यु डाइमण्ड क्लबले पहिलो जित निकालेको छ ।

उसले आफ्नो दोस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मीलाई तीन शून्यको सोझो सेटमा पराजित गर्‍यो । जारी प्रतियोगितामा आर्मीको पहिलो हार हो ।

पहिलो खेलमा लुम्बिनी युनाइटेडलाई हराएको आर्मी न्यु डाइमण्डसँग भने त्यति राम्रो प्रदर्शन गर्न सकेन । यसअघि पहिलो खेलमा न्यु डाइमण्ड नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button