दार्चुलामा जिप दुर्घटना : ३ जनाको मृत्यु, ४ घाइते

बैतडी । दार्चुलाको उचाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
शैल्यसिखर नगरपालिका– ८ अम्तोलीबाट रिठाचौपाता जाँदै गरेको ग३च १६९३ नम्बरको जिप शनिबार साँझ सवा ५ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लेकम ५ का ३८ वर्षीय जिप चालक करन नाथ, शैल्यसिखर ८ का ७० वर्षीय सुनादेबि पन्त र सोही ठाउँका ४० वर्षीय पदम पन्त रहेको प्रहरीले जनाएको छ ।
जिपमा सवार अन्य ४ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो ।
घाइते हुनेहरूमा शैल्यसिखर ८ का ७२ वर्षीय बुद्धि पन्त सोही ठाउँका १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त र ७० वर्षीय गङ्गादेवी पन्त रहेका छन् ।
घाइतेको उद्धार गरी गोकुलेस्वर अस्पताल पठाइएको छ ।
दुर्घटनामा परेको जिप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको रहेको स्थानीयवासीले बताएका छन् ।
जिप सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्